+
Search

ताजा अपडेट +

पपुलर +

मध्यावधि चुनावमा जाने कांग्रेसको निष्कर्ष, संसद विघटनको तयारीमा प्रधानमन्त्री देउवा

पालिका लाइभ
२०७८ आश्विन १, शुक्रबार

काठमाडौं– असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । तर मन्त्रिपरिषद नै विस्तार गर्न सकेका छैनन् ।

सत्तारुढ गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवका कारण प्रधानमन्त्री देउवा चेपुवामा परेका छन् । न प्रभावकारी ढंगले सरकार चलाउन पाएका छन् न त चाहेर पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छन् । प्रचण्ड, माधव र उपेन्द्रको ढिलाईले अपजसमात्रै पाइरहेका छन् देउवाले ।

चेपुवामा पारेर ढिलाई गर्ने प्रचण्ड, माधव र उपेन्द्र । तर अपजस जति सबै सभापति देउवामाथिमात्रै परेपछि नेपाली कांग्रेसले नयाँ निष्कर्ष निकालेको छ । वामपन्थीहरुका कारण सभापतिको छवि पनि नकारात्मक बन्ने र यसले सिंगो पार्टी तथा देशलाई नै निर्णयको बन्दी बनाउने भन्दै कांग्रेसले छिटोभन्दा छिटो मध्यावधि चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसका अनौपचारिक छलफलमा देउवा समूह र पौडेल समूह दुबैतिर मध्यावधि चुनावको चर्चा भइरहेको छ । १४औ महाधिवेशन अघि नै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने कांग्रेसजनको मत बाक्लिएको छ ।

एकातिर एमालेले संसद अवरुद्ध गरेको र अर्कोतिर सत्ता गठबन्धनकै दलहरु मन्त्रालय र मन्त्री भागवण्डा, दल विभाजन अध्यादेशमा अल्झेर कुनै काम गर्न नदिएका बेला कांग्रेसमा मध्यावधि निर्वाचनको बहस सुरु भएको हो । अनिर्णयको बन्दी बनेर जति धेरै गठबन्धन सरकारमा बस्यो त्यति नै कांग्रेसको छवि खराब हुने नेताहरुको निष्कर्ष छ ।

पार्टीकै नेताहरुबाट निर्वाचनमा जाने सुझाव आएपछि प्रधानमन्त्री देउवा प्रतिनिधिसभा विघटनतिर परामर्शमा जुटेका छन् । देशलाई अनिर्णयको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानेतिर उनले गृहकार्य थालेको बालुवाटार निकट स्रोतले जानकारी दियो । य

सो भएमा एमाले अध्यक्ष केपी ओलीले दुइपटकमा नसकेको संसद विघटन देउवाले एकै झड्कामा पूरा गरिदिनेछ । यसबारे देउवाले आफ्ना प्रतिनिधि खटाएर ओलीसँग परामर्श पनि गरिसकेको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ