+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म थपियाे निषेधाज्ञा, राती ८ बजेपछि पनि सवारीसाधन चलाउन पाइने

पालिका लाइभ
२०७८ भाद्र ८, मंगलवार

काठमाडाैं- कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सीडीओ पराजुलीका अनुसार राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ । सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधि अनुसार अहिले उपत्यकामा सीडीओहरुले निषेधाज्ञा लागू गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ