+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो कार्यकाल सम्हाल्दै कुलमानले भने- व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकारेर आएको छु

पालिका लाइभ
२०७८ श्रावण २७, बुधबार

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार दिउँसो  प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्। बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए।

उनलाई प्राधिकरणकाका कर्मचारीले स्वागत गरेका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। घिसिङ झण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा फर्किएका हुन्। घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

15012301044 Kul Man

 

घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा रुचि देखाएका थिएनन्। घिसिङले आफू ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा दोस्रो इनिङ सम्हाल्न आएको बताएका छन्।

आज पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। ‘सरकारले मबाट ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेको छ। मेरो व्यक्तिगत जीवनमा योभन्दा ठूलो चुनौती सायद अरु हुने छैन। यसलाई स्वीकारेर म दोस्रो इनिङ सम्हाल्न आएको छु,’ उनले भने।

बुधबार दिउँसो प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्। बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए। उनलाई विद्युत प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

घिसिङ झण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा फर्किएका हुन्। घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ