+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले उपप्रधानमन्त्री नबनाउने भनेपछि उपेन्द्र यादव बिचल्लीमा

पालिका लाइभ
२०७८ श्रावण २५, सोमबार

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा उपप्रधानमन्त्री नराख्ने भनेसँगै सत्तारुढ जनता समाजवादी पार्टीमा त्यसका ‘साइड इफेक्ट’ देखिन थालेका छन् ।

देउवाले उपप्रधानमन्त्री नराख्ने भन्दा माओवादी अध्यक्ष प्रचण्डलाई मात्र होइन जसपाभित्र पनि कतिपय नेतालाई राहत मिलेको छ । यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीबिना नै मन्त्री भएका थिए । प्रधानमन्त्रीले आफ्नो क्याबिनेटमा उपप्रधानमन्त्री नराख्ने भनेसँगै सत्तारुढ जनता समाजवादी पार्टी  (जसपा)मा त्यसकाे ‘साइड इफेक्ट’ देखिन थालेका छन् ।

देउवाले उपप्रधानमन्त्री नराख्ने भन्दा माओवादी अध्यक्ष प्रचण्डलाई मात्र होइन जसपाभित्र पनि कतिपय नेतालाई राहत मिलेको छ । यद्यपि जसपा अध्यक्ष यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीबिना नै मन्त्री भएका थिए ।

जसपाको आज बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठक सरकारमा जाने विषयमै छलफलमा केन्द्रित हुनेछ । तर, आफू सरकारको नेतृत्व गरेर जाने अवस्था नहुँदा कुनै कारण देखाएर सरकारमा तत्काल सहभागी नहुने निर्णय उपेन्द्रले गराउन खोजेको आशंका समेत कतिपय नेताहरूले गर्न थालेका छन् ।

सरकारमा जाने वा नजाने विषयलाई लिएर जसपाभित्रै फेरि दुईथरी विचार व्यक्त भइरहेको छ । पार्टी स्रोतका अनुसार सरकारमा नजाने उपेन्द्रको योजनालाई पार्टीभित्रै बाबुराम भट्टराई र अशोक राईले असफल पार्न चाहिरहेका छन् ।

सरकारबाट पछि हट्ने उपेन्द्रको निर्णयसँगै यस अघि मन्त्री बन्न पाइने लोभमा ठाकुर पक्षबाट यादव पक्षमा गएका नेताहरु बिचल्लीमा परेका छन् । उपेन्द्रलाई समर्थन गरेका महेन्द्र राय यादव र मृगेन्द्र यादवको मन्त्री बन्ने सपना तुहिएको छ ।

मृगेन्द्रले प्रतिनिधि सभाको निर्वाचनम पराजय भोगेका थिए । यसै कारण उनको सम्भावना क्षीण भएको छ भने ‘प्रिपेड मन्त्री’ भनेर बदनाम यादवलाई मन्त्री बन्नबाट रोक्न पार्टिभित्रैबाट प्रयास भइरहेको छ । नाम सिफारिस गर्ने विषयमा पार्टिभित्रै पनि महेन्द्रको नाममा सहमति छैन ।

मधेसी नेताहरुले उल्लेख्य भोट पनि ल्याउन नसकेको र जनाधारसमेत बलियो नभएका श्रेष्ठलाई मन्त्री बनाउनु नहुने भन्दै विरोध गरिरहेका छन् । उनीहरुको विरोधकाबीच जसपाले कसरी मन्त्री बन्नेहरुको नाम टुंग्याउने निश्चित छैन । जसपाका विवादका कारण पनि देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेका छन् । जसपाले बेलामा निर्णय नदिँदा देउवा पनि अलमलमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ