+
Search

ताजा अपडेट +

पपुलर +

निर्मला पन्तका हत्यारालाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

पालिका लाइभ
२०७८ श्रावण ११, सोमबार

काठमाडौं– बलात्कारपछि हत्या भएकी निर्मला पन्तका दोषीलाई पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापालाई बोलाएर निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री खाँण र आईजीपी थापालाई बालुवाटारमा बोलाएर पन्त हत्यासँग सम्बन्धित अहिलेसम्मको अनुसन्धानबारे जानकारी पनि लिएका छन् । उनले जतिसक्दो चाडै दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

आइतबार मात्रै निर्मलाका आफन्तजनले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएको अवस्थामा दोस्रो दिन उखुबारीमा शव भेटिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ