+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, स्थायी कमिटीले एजेण्डा तय गर्ने

पालिका लाइभ
२०७८ श्रावण २, शनिबार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। सोमबारको लागि बैठक बोलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार बैठक सोमबार ११ बजे तुलसीलाल स्मृती प्रतिष्ठानमा बस्ने छ। केन्द्रीय कमिटीको बैठकको एजेण्डा भोलि बस्ने स्थायी कमिटीको बैठकले निर्धारण गर्ने उनको भनाइ छ।

यसअघि ओलीले बोलाएको सबै बैठक बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आइरहेको छ। एमाले विभाजनको डिलमा पुगिसक्दा समेत दोस्रो तहका नेताहरु एकताको प्रयासरत छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ