+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चकाे फैसलापछि माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

पालिका लाइभ
२०७८ असार २८, सोमबार

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने फैसला सुनाएपछि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन्।

प्रचण्ड र नेपालबीच अहिले कोटेश्वरमा संवाद चलिरहेको नेपाल निकट एक नेताले बताए। सोमबार बेलुका ५ बजे पाँच दलीय गठबन्धनको बैठक बोलाएको छ।

संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि नेपाली कांग्रेससहित माओवादी केन्द्र, एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव – बाबुराम भट्टराईपक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच छलफल हुन लागेको हो।

सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापनाको फैसलासँगै १४६ जना सांसदहरुको रिटमा मागदाबी गरिएअनुसार कांग्रेस सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ