+
Search

ताजा अपडेट +

पपुलर +

पालुङ्टार नगरपालिकाको बजेट ८४ करोड ५१ लाख

पालिका लाइभ
२०७८ असार ११, शुक्रबार

गाेरखा- पालुङटार नगरपालिकाको नबौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ८४ करोड ५१ लाख ३१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपमेयर पम्फा बसेलले नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख बसेलले सार्वजनिक गरेकाे बजेटमा बन्दाबन्दीका कारण रोकिएका क्रमागत बिकासका आयोजनाहरु निर्माण सम्पन्न गर्न प्राथामिकता दिएको छ ।

त्यस्तै नगरक्षेत्रको बिकास र सम्बृद्धिका लागि लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बृद्धि गरि नगरबासीमा परिवर्तनको अनुभूति गराउने बिषय बजेटको प्राथामिकतामा परेको उपप्रमुख बसेलले जानकारी दिइन् ।

नगरपालिकाले सार्वजनिक गरेको बजेटमा आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट उन्मुक्तिका लागि सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउने, स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्ने तथा कृषि उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनले लक्ष्य लिएको छ ।

पूर्ण पाठ

https://www.palikalive.com/wp-content/uploads/15201201palunatar_final.pdf

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ