+
Search

ताजा अपडेट +

पपुलर +

आईपीएल : दिल्लीको सानदार जित, कोलकत्ता पराजित

पालिका लाइभ
२०७८ बैशाख १७, शुक्रबार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बिहीबार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ। अहमदावादमा सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्स सात विकेटको पराजित भएको हो।

जितसँगै सात खेल खेलेको दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने समान खेल खेलेको कोलकत्ता पाँचौं नम्बरमा छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो।

१५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले तीन विकेटको क्षतिमा १६.३ ओभरमै जित हासिल गरेको हो। दिल्लीका लागि पृथ्वी शले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए। कोलकत्ताका प्याट कमिन्सले ३ विकेट लिए।

कोलकत्ताका लागि आन्द्रे रशेलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाउँदा शुभमन गिलले ४३ रन बनाए। दिल्लीका लागि अक्षर पटेल र ललित यादवले २÷२ तथा अभेश खान र मार्कस स्टोइनिसले समान १÷१ विकेट लिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ