+
Search

ताजा अपडेट +

पपुलर +

बल्खुमा यस्तो बन्नेछ एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय, ओलीले गरे शिलान्यास

पालिका लाइभ
२०७८ बैशाख ९, बिहीबार

काठमाडौं– नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालय भवनको शिलान्यास गरेका हुन्। मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेका स्थानमा बन्ने नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।

हाल पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान भवनमा रहेको छ। २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो। पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो ।

15201201 Yamala news office

बल्खुमा नयाँ भवन तयार नहुन्जेलका लागि एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन गर्ने तयारी गरिएको छ। यसका लागि पार्टीले थापाथलीमा भवन भाडामा लिइसकेको छ। थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।

यस्तो बन्नेछ अत्याधुनिक कार्यालय

एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ । मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ