+
Search

ताजा अपडेट +

पपुलर +

थ्रि नेसन्स कप क्रिकेट : नेदरल्यान्ड्सले नेपाललाई दियो १३६ रनको लक्ष्य

पालिका लाइभ
२०७८ बैशाख ४, शनिबार

काठमाडौं- नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रनको मध्यम स्कोर खडा गरेको हो।

नेदरल्याण्ड्सका लागि बस डे लिडेले सर्वाधिक ४१ रन बनाए भने स्कट एडवार्डसले ३० रन बनाए। त्यस्तै कप्तान पिटर सेलरले अविजित २३ रन बनाउँदा एन्टोनियस स्टलले अविजित रहँदै २० रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र साहब आलमले १र१ विकेट लिए। नेपाल केही बेरमा ब्याटिङमा उत्रने छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ