+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले व्यवस्था जोगाउन भूमिका खेल्नुपर्छ : रामचन्द्र पौडेल

पालिका लाइभ
२०७७ चैत्र १, आईतवार

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन्।

कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुण्यतिथिमा बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगाउनुपर्छ,’ उनले भने।

कांग्रेसले आफ्नो सिद्धान्त र अजेन्डा जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै अजेन्डा बोकेर कम्युनिस्टले दुई तिहाई नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गरे।

 

 

‘हामीले गम्भीर समीक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौँ र ठीकसँग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुमा बस्नु हुँदैन,’ नेता पौडेलले भने। उनले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथि कांग्रेस नै भएको ठोकुवा गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ