+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वमन्त्री नवीन्द्रराज जोशी अस्पताल भर्ना, अवस्था गम्भीर

पालिका लाइभ
२०७७ फाल्गुन १४, शुक्रबार

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ।

उनको सचिवालय स्रोतका अनुसार बिहीबार राति वीर अस्पताल लगिएका उनलाई आज (शुक्रबार) बिहान नर्भिक अस्पताल रेफर गरिएको छ।

बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो।

कांग्रेस नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अहिले उनको आकस्मिक शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ