गाेरखा- अजिरकोट गाउँपालिका वडा नम्बर ५ , मुच्चोकका तिन विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानाे ज्याकेट वितरण गरेका छन्
मुच्चोक भइ हाल काठमाडौमा रहेका जुम्ल्याहा दाजु भाइ सितल ढकाल र अजित ढकालले मुच्चोकटार आधारभूत विद्यालय, ताराचन्द्र माध्यमिक विद्यालय र झक्रपुरी प्राथमिक विद्यालय ढिस्कामा अध्ययनरत बिद्यार्थीलाइ न्यानाे ज्याकेट वितरण गरेका गरेका हुन् ।
कक्षा १ देखि ५ सम्मका १८६ जना विद्यार्थीलाई न्यानो नर्थ फेसको ज्याकेट वितरण गरिएकाे हाे । गत बर्ष ह्याप्पी फिट नामक संस्थाको आर्थिक सहयोग र आफ्नो समन्वयमा चतुर्माला माध्यमिक विद्यालय र भालेडुङ्गा लक्ष्मी अाधारभूत विद्यालयमा उनीहरूकाे सहयोगमा वितरण गरिएको थियाे ।

यस पटक भने आफ्नो नीजी खर्चबाट सहयोग गरिएको सहयोगकर्ता ढकालले बताएका छन् । सबै विद्यालयहरुमा अलग अलग कार्यक्रम गरि विद्यालय व्यवस्थापन समिति, शिक्षक र सरोकारवालाको उपस्तितिमा वितरण गरिएको हो ।
निजहरूको पहलमा गत वर्ष पनि ज्ञानज्योति प्राथमिक विद्यालय र जनप्रभात प्राथमिक विद्यालयमा ज्याकेट र जुत्ता वितरण गरिएको थियो । आगामी दिनहरुमा वडाका विद्यालयहरुमा अवस्था हेरी लाइब्रेरी, कम्प्युटर तथा प्रोजेक्टर वितरण गर्ने कार्यक्रम रहेको ढकालले बताए ।
प्रतिक्रिया