+
Search

ताजा अपडेट +

पपुलर +

बिघटित संंसद पुनस्थापनाको माग गर्दै गोरखामा जसपाकाे बिरोध

पालिका लाइभ
२०७७ पुष ९, बिहीबार

गोरखा– जनता समाजबादी पार्टी (जसपा) गोरखाले संसद बिघटनको बिरोधमा सदरमुकाममा प्रर्दशन गरेको छ । संसद पुनस्थापनको माग गर्दै सदरमुकामको विभिन्न भागमा जसपाले प्रर्दशन गरेको हो ।

प्रर्दशनपछि लोकतान्त्रिक चोकमा आयोजिक कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवंम पूर्वसभासद ज्ञानेन्द्र कुमाले प्रधानमन्त्रीको असंबैधानिक कार्यबाट नेपाली जनताले ००७ सालदेखि प्राप्त गरेको सवै प्रकारका उपलब्धी खोसिएको बताए ।

15201 gorkha jasapaकुमालले राष्ट्रपति र प्रधानमन्त्री संसद बिघटनको मुख्य मतियार भएको भन्दै सभामुखले पनि बिशेष अधिकारको प्रयोग गर्न नसकेको भन्दै उसले पनि जिम्मेवारी लिनुपर्ने बताए । उनले पार्टीको झगडाले देशलाई बन्धक बनाउन नपाउने भन्दै ओलीले नेपाली जनतासंग माफी मागेर संसदको पुनस्थापना गर्नुपर्ने बताए ।

पद र सत्ता लिप्त भएर संसद बिघटन गर्नु जनतामाथि कुठराघात भएको अर्का केन्द्रीय सदस्य रमेश पोखरेलले आरोप लगाए । पूर्व माओवादीहरुलाई लक्षित गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई अब फेरि जनतासँग भोट माग्ने अधिकार नभएकाे  भने, ‘माफी मागेर आउनुहुन्छ भने संसद पुनस्र्थापना गर्न सहयोग गर्नुहुन्छ भने आउनुहोस ।’

1521 gorkha ja

केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद हरिशरण आचार्यले ४० वर्ष शासन गर्ने सपना देखेको नेकपा एकता तीनवर्ष पनि नटिकेको भन्दै सरकारको चर्को आलोचना गरे । ‘कालो धनलाई सेतो बनाउने सरकारले प्रपञ्च रचेको छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ