+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते चुनाव

पालिका लाइभ
२०७७ पुष ५, आईतवार

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सरकारले गरेको सिफारिस सदर गरेकी छिन्।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ चुनावकाे मिति ताेकेकी हुन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपतिले सदर गरेसँगै संसद विघटन भएको छ। तर संविधानविदहरुले भने सरकारले असंवैधानिक कदम चालेको बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको कदमको भर्त्सना गर्दै असंवैधानिक कदम भएको प्रतिक्रिया दिएको छ।

 

FB IMG 1608454895626

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ