+
Search

ताजा अपडेट +

पपुलर +

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

पालिका लाइभ
२०७७ मंसिर ११, बिहीबार

दोलखा- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले बिहीबार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासंग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट गरे।

मन्त्री गुरुङले कोरोना महामारी जस्तो संकटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद् भएको बताउँदै भने, ‘सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु।’

सरकारका प्रवक्ता गुरुङले दोलखा जिल्लास्थित ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ