+
Search

ताजा अपडेट +

पपुलर +

थप १९८० जनामा कोरोना संक्रमण, २ लाख २२ हजार २८८ पुगे संक्रमित

पालिका लाइभ
२०७७ मंसिर ८, सोमबार

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा सोमबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १६ लाख ६७ हजार ४५६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६२९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १८ हजार ८८४ जना सक्रिय संक्रमित छन्।

आज ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ