+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालय पुर्नगठन गरौं : गोकुल बास्कोटा

पालिका लाइभ
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गर्न प्रस्ताव गरेका हुन्।

उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने बताए।

‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम’, सामाजिक सञ्जाल ट्विटरमा बाँस्कोटाले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ