+
Search

ताजा अपडेट +

पपुलर +

दिल्लीलाई पराजित गर्दै मुम्बई फाइनलमा

पालिका लाइभ
२०७७ कार्तिक २१, शुक्रबार

काठमाडौं– साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको प्ले अफको पहिलो क्वालिफायर खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

२०१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो। दिल्ली हार्नुको मुख्य कारण नै अग्रपंक्तिका तीन ब्याट्सम्यान शुन्यमै आउट हुनु हो।

ओपनर शिखर धवन र पृथ्वी शो दुबै खेलाडी शुन्य मै आउट भए। तेस्रो नम्बरमा आएका अजिंक्या राहाने पनि शुन्यमै आउट भएपछि दिल्ली दबाबमा आएको थियो।

१.२ ओभरमा तेस्रो विकेटको रुपमा शिखर धवनलाई गुमाउँदा दिल्लीको शून्य रन थियो। २० रन हुँदा कप्तान श्रेयस ऐयर व्यक्तिगत १२ रनमा आउट भएपछि दिल्ली झनै तनाबमा आयो।

प्लेअफकै इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शुक्रबार प्रतिस्पर्धा गर्दैछ। यी दुई टिमबीचको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ