+
Search

ताजा अपडेट +

पपुलर +

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा, बार्सिलोना बराबरीमै रोकियो

पालिका लाइभ
२०७७ कार्तिक १६, आईतवार

काठमाडाैं- १० खेलाडीमा सिमित आलाभेससँग बराबरी रोकेपछि बार्सिलोना स्पेनिस ला लिगामा लगातार चार खेलमा जीतविहीन बन्न पुगेको छ । खेलको ३१ औँ मिनेटमा लुइस रियोजाको गोलको मद्दतले आलाभेसले खेलमा अप्रत्यासित अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको ६२ औँ मिनेटमा जोटाले दोस्रो पहेँलो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै एक मिनेटपछि नै एन्टोनी ग्रिजमानले खेल बराबरी गरे । तर, त्यसपछि कुनै गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो ।

अन्सु फातीलाई आफ्नो १८ औँ जन्मदिन फर्नान्डो पाचेओले गोल गर्नबाट रोके भने ग्रिजमानको अर्को गोललाई रद्द गरिएको थियो । पाचेओले लियोनेल मेस्सी, मिरालेम पियानिचको प्रहारलाई बचाउन गरेका थिए ।

च्याम्पियन्स लिगमा युभेन्टस र फेरेंकभारोसलाई हराउँदै समूहको शीर्ष स्थानमा रहेको बार्सा लिगमा भने ६ खेलपछि १० अंक गुमाउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ८ अंकले पछि परेको छ ।

बार्सिलोना ६ खेलबाट ८ अंकसहित लिगको १२ औँ स्थानमा रहेको छ । एक खेल बढी खेलेको रियलको १६ अंक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ