+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा नेता रावल भन्छन् : भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीको भेटवार्ता आपत्तिजनक

पालिका लाइभ
२०७७ कार्तिक ६, बिहीबार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट कूटनीतिक मर्यादा विपरीत र आपत्तिजनक भएको उल्लेख गरेका छन्।

बिहीबार एक ट्विट गर्दै नेता रावलले रअ प्रमुख गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भेटलाई कूटनीतिक मर्यादा विपरीत र आपत्तिजनक भएको उल्लेख गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले रअ प्रमुख गोयलसँग भेट गरेको पुष्टि गरेपछि नेता रावलको यस्तो धारणा सार्वजनिक भएको हो।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ,’ नेता रावलले ट्विटमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ