+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामको प्रश्न : सबै काम जनताले आफैं गर्ने भए सरकार किन चाहियो?

पालिका लाइभ
२०७७ कार्तिक ३, सोमबार

काठमाडौं- समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमण उपचार खर्च आफै व्यहोर्ने सरकारी निर्णयको आलोचना गरेका छन्।

नेता भट्टराईले सरकार आसेपासेलाई कमिसन र भत्ता बाँड्न मात्रै लागिरहेको भन्दै यस्तो सरकार किन चाहियो भनी प्रश्न समेत गरेका छन्। उनले ट्वीटरमा रिमुभ केपी ओली ह्यासट्याग नै चलाएका छन्।

यसअघि नेपाली कांग्रेसका नेता गगन थापाले पनि सरकारको निर्णयको आलोचना गरेका छन्। सरकारले कोरोना भाइरस संक्रमणको परीक्षणदेखि उपचार संक्रमित आफैले गर्नुपर्ने भनेर गरेको निर्णयको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ