+
Search

ताजा अपडेट +

पपुलर +

विज्ञ टोली गठन गरी नेपाल–चीन सीमाको सत्यतथ्य आओस् : शेखर कोइराला

पालिका लाइभ
२०७७ आश्विन ३०, शुक्रबार

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल–चीन सीमा सन्दर्भमा विज्ञ टोली गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

हुम्लामा सीमा क्षेत्रको निरीक्षणमा गएको टोलीले सीमा अतिक्रमण भएको जानकारी प्राप्त भएको नेता कोइरालाले बताए। सीमा अतिक्रमण गम्भीर विषय भएको उल्लेख गर्दै कोइरालाले सत्यतथ्य खोजी गरि सार्वजनिक विज्ञ टोली गठन गर्न माग गरेका छन्।

कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा एक टोली हुम्लाको नाम्खाको निरीक्षण गरेको थियो। टोलीले गत सोमबार चीनले सीमा मिचेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

सरकारले भने चीनले नेपाली भूमि नमिचेको दाबी गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ