+
Search

ताजा अपडेट +

पपुलर +

६० वर्ष मुनिका एकल महिलालाई पनि भत्ता उपलब्ध गराउन स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

पालिका लाइभ
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं- सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन गरेको छ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहलाई बुधबार यस्तो निर्देशन दिएको हो।

पत्रमा मन्त्रिपरिषदको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला र अति अशक्त नागरिकलाई भत्ता उपलब्ध गराउन भनिएको छ।

केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तलाई भक्ता दिन रोक लगाइएको थियो। महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले यस्तो निर्देशन गरेको हो।

पत्रमा आर्थिक वर्ष २०७७ ०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनिएको छ।

‘६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गका परिचय पत्र भएका लाभग्राहीलाई मासिक एक हजार छ सयका दरले भत्ता उपलब्ध गराउनू’ गृहको पत्रमा भनिएको छ।

 

15201201 home pres

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ