+
Search

ताजा अपडेट +

पपुलर +

रोहितको कीर्तिमानमा मुम्बईद्वारा पञ्जाब ४८ रनले पराजित

पालिका लाइभ
२०७७ आश्विन १६, शुक्रबार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको छ ।

मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाबको टोलीले ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा मुम्बईको यो दोस्रो जित हो ।

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । केएल राहुलले १७, मयंक अग्रवालले २५ र ग्लेन म्याक्सवेलले ११ रन बनाए । करन नैर खाता नखोली आउट भए भने जिम्मी निशम र सरफराज खानले ७–७ रन बटुले । कृष्णप्पा गौतम २२ रनमा नटआउट रहे ।

यसअघि अबुधाबीको शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । कप्तान रोहित शर्माले सबैभन्दा धेरै ७० रन योगदान गरे ।

४५ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । ओपनर क्विन्टन डिकक भने शून्य रनमा आउट भए । पहिलो ओभरको पाँचौ बलमा उनलाई शेल्डन कोटरेलले पेभेलियनको बाटो देखाए ।

कप्तान शर्मालाई साथ दिन आएका सूर्यकुमार यादव पनि ७ बलमा १० रन बनाएर आउट भए । उनलाई चौथो ओभरको अन्तिम बलमा मोहम्मद शमीले रन आउट गरे ।

त्यसपछि क्रिजमा आएका इशान किसनले कप्तान शर्मासँग मिलेर रनको गति बढाए । दुई विकेटको क्षतिमा २१ रनको स्थितिमा रहेको मुम्बईको स्कोर ८३ सम्म पुग्यो ।

त्यसपछि मुम्बईलाई तेस्रो झट्का लाग्यो । इशान किसन ३२ बलमा २८ रन बनाएर आउट भए । गौतमको बलमा करुण नायरको हातबाट उनी आउट भए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ