+
Search

ताजा अपडेट +

पपुलर +

चेल्सीलाई पराजित गर्दै टोटेनहम क्वार्टरफाइनलमा

पालिका लाइभ
२०७७ आश्विन १४, बुधबार

काठमाडौं– चेल्सीलाई पराजित गर्दै टोटेनहम काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा चेल्सीलाई टोटेनहमले पेनाल्टीमा ५–४ अन्तरले पराजित गरेको हो।

खेलको १९औं मिनेटमा नै लिएको अग्रतालाई जोगाउने नसक्दा चेल्सीले हार ब्यहोरेको हो। चेल्सीका टिमो वर्नरले गोल गर्दै अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म आफ्नो अग्रतालाई कायमै राखेको चेल्सीले दोस्रो हाफमा भने गोल खान पुग्यो। इरिक लामेलाले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरी दिलाए। बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो गरिएको थियो।

पेनाल्टीमा टोटेनहमका लागि ह्यारी केन, लुकास मउरा, पिएरे इमाइल होजबजर्ग, इरिक लामेला र इरिक डिएरले गोल गरे।

चेल्सीका लागि पेनाल्टीमा टमी अब्राहम, केसर अज्पिलिकुएटा, जर्गिन्हो र इमर्सन पालमिरीले गोल गरे। अन्तिम पेनाल्टी प्रहार गरेका मासन माउन्टले भने गोल गर्न सकेनन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ