+
Search

ताजा अपडेट +

पपुलर +

आठ प्रयोगशालालाई २४ घण्टे चेतावनी, शुल्क नघटाए अनुमति खारेज गरिने

पालिका लाइभ
२०७७ आश्विन १४, बुधबार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको शुल्कभन्दा बढी पीसीआर परीक्षणको शुल्क लिने ८ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ।

शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ।

स्वास्थ मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले आज एकदिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको छ।

सरकारले भदौ २८ गते पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

तर स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी हस्पिटल, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोट्री एन्ड रिसर्च सेन्टर र इन्ट्रिपिड डायग्नोस्टिक सेन्टरले सरकारले तोकेको भन्दा झन्डै दोब्बर शुल्क लिँदै आएका छन्।

यी प्रयोशालाले सरकारले तोकेको मुल्यमा परीक्षण गर्न नसक्ने भन्दै ३ हजार ८९९ रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएका छन्।

बुधबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले यी अस्पताललाई २४ घण्टाभित्र शुल्क समायोजन गर्न निर्देशन दिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ