+
Search

ताजा अपडेट +

पपुलर +

धादिङको खत्रिपौवामा पहिरो, काठमाडौं आवतजावत गर्ने गाडी रोकिए

पालिका लाइभ
२०७७ आश्विन ९, शुक्रबार

फाइल तस्बिर


काठमाडौँ– धादिङको धुनिवेशी नगरपालिका स्थित खत्रिपौवामा पहिरो खसेको छ । शुक्रवार विहान धुनिवेशी–९ खत्रिपौवा स्थित पृथ्वी राजमार्गमा पहिरो खसेपछि काठमाडौं आवत–जावत गर्ने सवारी रोकिएका छन् ।

स्काभेटरको सहायताको पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए ।

दुईदिन देखी लगातारको वर्षाले राजमार्गमा पहिरोको जोखिम बढेको छ । धादिङ र चितवनको सिमानामा पर्ने पृथ्वी राजगमार्गका बिहीबार पनि धेरै ठाउँमा पहिरो खसेको थियो । पहिरोका कारण कतिपय ठाउँमा एकतर्फी मात्रै सवारी चलेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ