बुटवल- अविरल वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६.२० बजे ५.५९ मिटर मापन गरेको छ।
त्यहाँ ५.६ मिटर पुग्नुलाई खतरा तह मानिन्छ। तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचो स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
असोज ८,बिहान ४ः३० बजे#HighAlert#नारायणीनदी मा #बाढी आई देबघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको, खतरा तह आसपास पुग्न सक्ने भएकोले चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूले दिनभरि नै #उच्च #सतर्कता अपनाऔ ।
जल तथा मौसम विज्ञान विभाग pic.twitter.com/zEVC6vCpo4— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 23, 2020
यस्तै, बिहान ६.१५ बजे नारायणी पुलमा नारायणी नदीको जल सतह ११.१३ मिटर मापन गरिएको छ। त्यहाँ सतर्कता तह ११ मिटरलाई मानिन्छ भने जलसतह बढ्दो क्रममा रहेको छ।
असोज ८ , बिहान ४ः४५ बजे#HighAlert
बुटवल #तिनाउनदी मा बाढी आई जलसतहले #खतरातह पार गरेको तिनाउ नदी तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा दिउसो सम्मै #उच्चसतर्कता अपनाऔ ।
जल तथा मौसम विज्ञान विभाग pic.twitter.com/g2M6LHgU1h— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 23, 2020
देवघाटमा बिहान ६.२५ बजे जलसतह सतर्कता तह पार गरेर ७.८५ मिटर पुगेको छ। त्यहाँ सतर्कता तह ७.३ मिटरलाई मानिन्छ । महाशाखाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहले आज दिनभरि नै उच्च सतर्कता अपानाउन आग्रह गरेको छ।
प्रतिक्रिया