+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाली गायक ढकालको ‘मेरी आमा’ सार्वजनिक [भिडियो]

पालिका लाइभ
२०७७ आश्विन ६, मंगलवार

काठमाडौँ- गायिका देवी घर्ती र मदन ढकालको आवाजमा रहेको ‘मेरी आमा’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

आमा र छोरीबीचको प्रेम प्रशंगलाई गीतमा समेटिएको छ। आफूलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ।

गीतमा ढकालको शब्द तथा लय सिर्जना रहेको छ। गरिबीपनको कारणले आफ्नो सन्तानलाई सुख दिन नसक्दा आमाले आत्महत्या गर्न विवश आमाको मायालाई गीतमा देखाइएको छ।

विरेन्द्र भट्टको छायांकन, विकाश ज्ञवालीको सम्पादन तथा ढकालको निर्देशन भिडियोमा रहेको छ। ‘मेरी आमा’ गीतको भिडियोमा रञ्जिता गुरुङ, रमा थपलिया, खेम बत्याल, रविना भण्डारी, केदारनाथ कपरी, रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का,  ढकाल, सायरा धितालको अभिनय रहेको छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ