+
Search

ताजा अपडेट +

पपुलर +

सरकार लाटोबुंगोको अवतार जस्तै भएको छ : डा बाबुराम भट्टराई

पालिका लाइभ
२०७७ भाद्र ३०, मंगलवार

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकार कथाको लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएका छन्। जनताले माग गरेका कुरा नसुन्ने तर जनताले नगर्न भनेका काम चै गरेको भन्दै डा भट्टराईले यस्तो आरोप लगाएका हुन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङका पक्षमा व्यापक सार्वजनिक दबाब भए पनि नगरेको तर प्रतिनिधिसभामा हारेका वामदेव गौतमलाई चाँहि राष्ट्रिय सभामा लैजाने निर्णय गरेको भन्दै कटाक्षेप गरेका हुन्।

‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो! ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ,’ उनले ट्विटमा लेखेका छन्, ‘तर लोडसेडिङ अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ! सेम!’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ