गोरखा- गोरखा नगरपालिकामा शनिबार दिउसो १२ बजेदेखि निषेधाज्ञा जारी हुनेभएकाे छ ।
जिल्लास्तरीय कोरोना संकट ब्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले शनिवार दिउसो १२ बजे देखि गोरखा नगरपालिकामा लागु हुने गरि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बैठकले विना काम बहिर निस्किए पक्राउ गरि कार्बाहि गर्ने निर्णय पनि गरेको छ ।
गोरखा नगरपालिकामा आज एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
काेराेना संक्रमण समुदाय स्तरमा नै पुगेकाले सकेसम्म घरमा नै बस्न नगरपालिकलाे आग्रह गरेकाे छ । नगरपालिकलाे उक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे ।
प्रतिक्रिया