+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई गगनको प्रश्न- लोकले के भन्लान् डर लाग्नु पर्दैन?

पालिका लाइभ
२०७७ भाद्र १४, आईतवार

काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसीमाथि प्रहरी प्रशासनले गरेको व्यवहारप्रति कांग्रेस नेता गगन थापाले आपत्ति जनाएका छन्।

डा केसीविरुद्ध जुम्लामा प्रहरीको व्यवहारप्रति प्रश्न उठाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् प्रश्न गरे,‘प्रधानमन्त्रीलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र? जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन नभए नागरिक शासन सुरक्षित होला भनि भर पर्नु हुँदैन।’

ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. केसीलाई अपराधीको जस्तो व्यवहार गरिएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ