+
Search

ताजा अपडेट +

पपुलर +

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पालिका लाइभ
२०७७ भाद्र ११, बिहीबार

चितवन-सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ मुग्लिन नजिकै २ किलो भन्ने ठाउँमा मा आज (बिहीबार) बिहान ७ बजेतिर सुख्खा पहिरो खसेको हो।

पहिरो सडकमा थुप्रिएकाले नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ