+
Search

ताजा अपडेट +

पपुलर +

सुनिता दुलालको अर्को तीज गीत ‘जुम हेरेर’

पालिका लाइभ
२०७७ भाद्र ४, बिहीबार

काठमाडौं– गायिका सुनिता दुलालले अर्को तीज गीत ल्याएकी छिन्। रोजा ओलीको शब्द तथा सुनिल मास्केको संगीतमा रहेको तीज गीत ‘जुम हेरेर’ सार्वजनिक भएको हो।

कोरोना महामारीका कारण माइत जान नपाउने तथा दिदी बहिनी तथा साथीसंगी एक ठाउँमा जम्मा भएर तीज मनाउने अवस्था छैन। यसै अवस्थालाई मध्यनजर गर्दै गीत सार्वजनिक गरिएको हो।

sunita 1

यसपालिको तीज भर्चुअल्ली मनाउन सन्देश दिने उद्देश्यले गीत ल्याइएको रोजाको भनाई छ। कुशल श्रेष्ठको छायांकन तथा निर्देशन रहेको म्युजिक भिडिओमा भवानी तिमिल्सिना, काव्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की लगायतको अभियन छ।

सुनिताको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई नविन निरौलाले सम्पादन गरेका हुन्। सुनिताकै स्वरमा यसअघि बेसी मेलैमा सार्वजनिक भएको थियो।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ