+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीको एआइजीद्वयलाई सुझाव- इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुस्

पालिका लाइभ
२०७७ श्रावण १५, बिहीबार

काठमाडौं– बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नवनियुक्त एआइजीहरू निरज शाही र प्रद्युम्न कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

सो अवसरमा आफूले पाएको जिम्मेवारी इन्दारीपूर्वक निर्वाह गर्न सुझाव दिँदै गृहमन्त्री थापाले भने‚ ‘राष्ट्र र राज्यले विश्वास गरेर तपाईंहरुलाई यो जिम्मेवारी दिएको छ, आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक, दृढतापूर्वक र सृजनात्मक ढंगले निर्वाह गर्नुहाेला। टिमवर्कमा विशेष ध्यान दिनुहाेला। शान्ति, सुरक्षा,अमनचयन कायम गर्न तपाईंहरुकाे भूमिका महत्त्वपूर्ण हुने विश्वास लिएकाे छु।’

उनले भने‚ ‘बुधबारमात्रै समायोजन र ओएनएमका सम्बन्धमा प्रधानमन्त्रीकाे उपस्थितिमा म, प्रदेशका आन्तरिक मामिलामन्त्रीसहितको बैठक बस्याैं। बैठकले माेटामाेटी सबै विषयको टुंगो लगाएकाे छ। अब छिट्टै समायोजन काम सुरु हुन्छ। संघीय संरचना अनुरुप प्रहरीले काम गर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ