+
Search

ताजा अपडेट +

पपुलर +

सिरानचोकका युवाहरुले सिरानडाँडा देखि नागेपोखरीसम्म गरे सरसफाइ

पालिका लाइभ
२०७७ श्रावण १०, शनिबार

गाेरखा- सिरानचोकका युवाहरूले अजिरकाेट गाउँपालिकाको सिरानडाँडा देखि नागेपोखरीसम्मकाे पैदल मार्गको दायाँ बायाँ तर्फको प्लास्टिक जन्य फोहोर मैला सरसफाइ गरेका छन् ।

आन्तरिक पर्यटनलाई बढवा गर्ने उद्देश्य साथ उनीहरूले स्व स्फूर्त सरसफाइ कार्यक्रम गरेका हुन ।।

हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड नागे पञ्चमी मेला हेर्न गएका तिर्थयात्रीहरुलाई समेत प्लास्टिक जन्य फोहोर मैला बाटो आसपास नफालिदिन आग्रह गर्दै सके सफा गरौँ सकिँदैन भने फोहर नगरौँ भन्दै सरसफाइ गरिएको सिरानचाेकका प्रताप ढकालले जानकारी दिए ।

152201 siran yuba

पर्यटन आगमनलाई स्थानीय तथा पर्यटकको तर्फबाट आफूले सकेको सहयोग गरौँ भन्ने सुझाव दिँदै युवाहरूले जनस्तरमा सरसफाइ गर्नुपर्छ भन्ने चेतना मूलक कार्यक्रम सञ्चालन गरेका हुन् ।

फोहर मैला सम्बन्धित वडालाई जिम्मा लगाउने र स्थानीय सरकारलाई सरसफाइमा ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको तर फोहर मैला व्यवस्थापन गर्न कठिनाइ भएकाले जम्मा भएको फोहर मैला सिरानडाँडा चौतारामा सुरक्षित तवरले राखिएको उनीहरूले बताएका छन् ।

कार्यक्रममा ढकाल, सङ्घर्ष गुरुङ, सन्तोष गुरुङ, अमृत गुरुङ, सुमन श्रेष्ठ र प्रवीण गुरुङ सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ