+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल प्रहरीकाे २८ औं प्रहरी महानिरीक्षकमा शैलेश थापा

पालिका लाइभ
२०७७ असार २३, मंगलवार

काठमाडाैं- सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेकाे गरेको छ।

मंगलबार दिउँसो ४ बजे बसेकाे मन्त्रीपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्तिको गरेको हाे ।

हालका आइजी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण भोली बुधबार मध्यरातबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त आइजीको पदमा थापालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो।

२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन्। थापाले आफ्ना प्रतिस्पर्धी हरि पाललाई पछि पार्दै आइजीमा नियुक्त भएका हुन्। सँगै भर्ना भएका थापा र पालमात्रै यो पटक आइजीको दाबेदार थिए।

प्रहरी नियमावली २०७१ अनुसार आइजीको नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्छ।

सेवा प्रवेश गरेदेखि नै पहिलो नम्बरमा रहँदै आएका थापा अन्ततः प्रहरीको सर्वोच्च पदसम्म पुग्न सफल भएका छन्।

भक्तपुर स्थायी घर भएका थापा नीति निर्माण तहमा अब्बल अधिकृत मानिन्छन्। अहिले मानव स्रोत एवं प्रशासन विभागमा प्रमुखको भूमिकामा थापा छन्।

यसभन्दा अघि डिआइजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानिपोखरी (मेट्रो) तथा केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै एसपी हुँदा कास्की, झापाको कमाण्ड सम्हालेका क्षेत्रीले डिएसपी हुँदा धादिङ प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए। इन्सपेक्टर हुँदा सल्यान, सिन्धुपाल्चोकमा समेत थापाले काम गरिसकेका छन्।

थापा लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन्। उनी इन्स्पेक्टरदेखि एआइजी बढुवा हुँदासम्म पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ