+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना महामारी : विश्वभर १ करोड १५ लाख संक्रमित, ५ लाख ३६ हजारको मृत्यु

पालिका लाइभ
२०७७ असार २३, मंगलवार

एजेन्सी– विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १५ लाख ७९ हजार ८ सय ३७ पुगेको हो।

संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ८ सय १४ पुगेको छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा २९ लाख ३१ हजार १ सय ४२ संक्रमित पुगेका छन् भने १ लाख ३० हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा १६ लाख २३ हजार २ सय ८४ संक्रमित र ६५ हजार ४ सय ८७ मृत्यु, रुसमा ६ लाख ८६ हजार ७ सय ७७ संक्रमित र १० हजार २ सय ७१ को मृत्यु तथा भारतमा ६ लाख ९७ हजार ४ सय १३ र १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोनाबाट निको हुनेको संख्या ६२ लाख ६९ हजार ८ सय ६० पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ