काठमाडौं- मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।
बालुवाटारमा बोलाइएको आकस्मिक मन्त्रिपरिषदको बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो।
बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए।
आगामी सोमबारका लागि बैठक बोलाइएको थियो। तर, मन्त्रिपरिषदले बजेट अधिवेशन नै स्थगित गर्ने निर्णय गरेकाे शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए।
वैशाख २६ गतेबाट सुरु भएको संसदको यो अधिवेशनले एमसीसी सम्झौता अनुमोदन, नागरिकता र निजामती सेवासम्बन्धी विधेयक पारित गर्नुपर्ने थियो ।
तर सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमसीसी प्रकरण पनि धकेलिएको छ । जारी नेकपा स्थायी कमिटी बैठकको एजेण्डामा एमसीसी पनि छ।
प्रधानमन्त्री एकाएक संसद अधिवेशन अन्त्य गर्ने निचोडमा किन पुगे ? कोरोना संक्रमणको फैलावट र बिजेनस नहुनुमात्रै कारण हो कि,सत्ता संकट पनि यसमा जोडिएको छ ?
पार्टीभित्र र बाहिरबाट यस्तो प्रश्न उठिरहेको छ । संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले कुनै पनि बेला आफू अनुकूल अध्यादेश ल्याउने बाटो सहज बनाएको चर्चा पनि चलिरहेको छ ।
प्रतिक्रिया