+
Search

ताजा अपडेट +

पपुलर +

पूवप्रधानमन्त्री भट्टराई भन्छन् : अनसनरत युवाको जीवन जोखिममा पर्दैछ, सरकार निद्राबाट जागोस्

पालिका लाइभ
२०७७ असार १८, बिहीबार

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना महामारी नियन्त्रण सम्बन्धी कामकारवाही प्रभावकारी र पारदर्शी बनाउन माग गर्दै अनसनमा रहेका युवा इशानलाई भेट्न पाटन दरबार क्षेत्र पुगेका छन्।

पाटन दरबार परिसरमा ६ दिनदेखि अनसनरत् ती युवालाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई अनसनस्थलमै पुगेका हुन्।

भट्टराईले अनसनरत् युवाको ज्यान जोखिममा पर्दै गएको हुँदा सरकारको ध्यान जानुपर्ने बताएका छन्।

‘कोरोना महामारी नियन्त्रण प्रभावकारी बनाउन विभिन्न माग राखी ६ दिनदेखि पाटन दरबार हातामा अनसनरत युवाहरूको जीवन जोखिममा पर्दैछ१ सरकार कुम्भकर्ण निद्राबाट जागोस्!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

https://www.facebook.com/DrBaburamBhattarai/posts/1969508289853338

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ