+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री स्वास्थ्यस्थिति अनुकूल नभएको जानकारी दिएर बैठकबाट बाहिरिनु भएको हो : नारायणकाजी श्रेष्ठ

पालिका लाइभ
२०७७ असार १३, शनिबार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्माओली बैठकलाई जानकारी दिएरै बाहिरिउको बताएका छन्।

बालुवाटारमा जारी पार्टी स्थायी समितिको तेस्रो दिनको बैठकपछि पत्रकारले प्रधानमन्त्री बैठकमा नबसेको विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीले स्वास्थ्यस्थिति त्यति अनुकूल नभएको जानकारी दिएर जानुभएको हो’, प्रवक्ता श्रेष्ठले भने।

शुक्रबार बसेको दोस्रो दिनको बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नै बैठकमा नबसेको भन्दै बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए।

शनिबार (आज) को बैठकमा प्रधानमन्त्री उपस्थित भए पनि झण्डै ४० मिनेटमै बाहिरिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ