+
Search

ताजा अपडेट +

पपुलर +

बायर्न म्युनिक फाइनलमा

पालिका लाइभ
२०७७ जेष्ठ ३०, शुक्रबार

म्युनिख- साबिक विजेता बायर्न म्युनिख जर्मन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

बुधबार राति खेलिएको खेलमा इन्ट्राक्ट फ्रांकफर्टलाई २—१ गोलले हराउँदै बायर्न म्युनिख फाइनलमा पुगेको हो। बायर्न म्युनिखले अब उपाधिका लागि बायर लेभरकुसनसँग प्रतिस्पर्धा गर्नेछ।

बायर लेभरकुसन भने सेमिफाइनलमा एफसी सारब्रुकेनलाई ३—० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

जर्मन कपको फाइनल खेल आगामी जुलाई ४ तारिखमा बर्लिनमा खेलिनेछ। इन्ट्राक्ट फ्रांकफर्टविरुद्घको खेलमा बायर्न म्युनिखले दुवै हाफमा एक/एक गोल ग¥यो।

खेल सुरु भएको १४औं मिनेटमै बायर्न म्युनिखलाई अनुभवी खेलाडी इभान पेरिसिचले अग्रता दिलाएका थिए। पेरिसिचको सोही गोलका कारण पहिलो हाफमा बायर्न म्युनिख अगाडि रह्यो।

६९औं मिनेटमा इन्ट्राक्ट फ्रांकफर्टले जवाफी गोल फर्कायो। इन्ट्राक्ट फ्रांकफर्टका लागि डेनी डा कोस्टाले जवाफी गोल गरेका थिए।

खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा ७४औं मिनेटमा बायर्न म्युनिखले अर्को गोल थपेको थियो।

बायर्न म्युनिखका लागि प्रभावशाली खेलाडी रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गरेका हुन्।

बायर्न म्युनिख र इन्ट्राक्ट फ्रांकफर्टबीचको फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

बायर्न म्युनिख प्रतियोगिताको साबिक विजेता हो भने इन्ट्राक्ट फ्रांकफर्टले सन् २०१७/१८ को उपाधि जितेको थियो।

बायर्न म्युनिखले हालसम्म सर्वाधिक १९ पटक जर्मन कपको उपाधि जितेको छ। बायर्न म्युनिख चार पटक भने उपविजेतामा समेटिएको छ।

यसैगरी इन्ट्राक्ट फ्रांकफर्टले हालसम्म पाँच पटक जर्मन कप जितेको छ भने तीन पटक फाइनलमा पराजित भएको छ।

बायर्न म्युनिख बुन्डेस लिगा तालिकामा पनि पहिलो स्थानमा आसीन छ। बायर्न म्युनिख बुन्डेस लिगा उपाधिभन्दा केवल दुई जित टाढा छ।

हालसम्म ३० खेल खेलेको बायर्न म्युनिखले ७० अंक बटुलेको छ।

समान खेलबाट ६३ अंक जोडेको बोरुसिया डर्टमन्ड तालिकाको दोस्रो स्थानमा छ। जारी सिजनको बुन्डेस लिगामा अब सबै टोलीले चार/चार खेलमात्र खेल्न बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ