+
Search

ताजा अपडेट +

पपुलर +

२७९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३ सय ६४ पुग्यो

पालिका लाइभ
२०७७ जेष्ठ २८, बुधबार

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २७९ जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा भएको परीक्षणमा २७९ जनाको रिपोर्ट पोजिटिभ आएको बताए।

संक्रमितमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७३ पुगेको छ। जसमा पुरुष ४ हजार ५५ र महिला ३०९ रहेका छन्।

पछिल्लो तथ्यांकअनुसार २ महिला र ८८ पुरुष गरी ९० जना डिस्चार्ज भएको उनले जानकारी दिए। योसँगै डिस्चार्ज हुनेको संख्या ६७४ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ