+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीको सबभन्दा ठूलो रोग ‘अजासु प्रवृत्ति’ : बाबुराम भट्टराई

पालिका लाइभ
२०७७ जेष्ठ २८, बुधबार

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) प्रतिनिधिसभा बैठकमा व्यक्त गरेका धारणाप्रति कडा आलोचना गरेका छन्।

संसदमा प्रधानमन्त्री ओली बोलिरहेकै बेला जनता समाजवादी पार्टीका वरिष्ठ नेता भट्टराईले ट्विट गर्दै प्रधानमन्त्री ओलीको सबैभन्दा ठूलो रोग डनिङ क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) भनेर टिप्पणी गरेका हुन्।

‘प्रम केपी शर्मा ओलीको सबैभन्दा ठूलो रोग डनिङ–क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो’ ट्विटरमा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘संसदमा उभिएर पटक-पटक उही दिव्योपदेश, कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे! क्वारेन्टिनमा बस्नेहरूको यत्रो बिजोग, परीक्षणको अभाव, विदेशबाट फर्कनेहरूको कन्तबिजोक जगजाहेर छँदाछँदै सबै ठीकठाक रे!’

यही जेठ १५ गते प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को बजेटबारे सांसदका प्रश्नको उत्तर दिन प्रधानमन्त्री ओली बुधबार संसदमा उपस्थित भएका थिए।

त्यस क्रममा उनले कोरोनाविरुद्ध सरकारले प्रभावकारी काम गरेको दाबी गर्दै नेपालीको रोग प्रतिरोधात्मक क्षमतै बढी भएकाले मृत्यु कम भएको धारणा राखेका थिए।

यसैगरी प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाका कारण मृत्यु भएका भनिएका पन्ध्रै जनाको मृत्युको कोरोनै नभएर अन्य रोग भएको पनि दाबी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ