काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसद गगनकुमार थापाले सरकारले भुँइ तहका मान्छेको समस्या नबुझेको आरोप लगाएका छन्।
शनिबार विनियोजित विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको नदेखेको आरोप लगाए।
उनले आफूहरुले भुँइमान्छेको कुरा गरेको र सरकारले र विशेषगरी अर्थमन्त्रीले नसुनेको भन्दै गुनासो गरे।
‘विनियोजित विधेयकमाथि छलफल गर्दा हामीले भन्यौँ, सरकारले सुनेन, सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको देखेन भनेर भन्यौं। खासगरी अर्थमन्त्रीलाई भन्यौं’, उनले भने, ‘त्यो भन्दाखेरि अर्थमन्त्रीको अफ्ठ्यारो हामीले बुझेनौं। हामीले कुरा गरेको भुँइ मान्छेहरूको बारेमा हो। अर्थमन्त्री अग्लो हुनुहन्छ। अग्लो मान्छेलाई भुँइतिर हेर्न गाह्रो हुन्छ, त्यै भएर नदेखेको हो।’
प्रतिक्रिया