+
Search

ताजा अपडेट +

पपुलर +

बालाजुमा डरलाग्दो दुर्घटना, २ जनाको मृत्यु

पालिका लाइभ
२०७७ जेष्ठ १६, शुक्रबार

काठमाडौं- काठमाडौंको बालाजुमा डरलाग्दो दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

बिहीबार राति गोगंबुबाट बालाजु जादै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र २५ वर्षीय धनबहादुर बुढाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो। मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ