+
Search

ताजा अपडेट +

पपुलर +

सांसद विकास कोषको रकम तत्काल कोरोना कोषमा राखौ : प्रवक्ता श्रेष्ठ

पालिका लाइभ
२०७६ चैत्र ३०, आईतवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम तत्काल कोरोना कोषमा राख्न आग्रह गरेका छन्।

श्रेष्ठले शनिबार एक ट्वीट गर्दै सांसद विकास कोष आवश्यक नरहेको भन्दै त्यसको रकम कोरोना कोषमा राख्न आग्रह गरेका हुन् ।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ,’ उनले भनेका छन्, ‘अहिले कोरोना संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राखौं।’

श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गरेका छन् । ‘यो शीर्षकमा बजेट नराखौं, यो सही छ। निर्णय गरिहालौं,’ श्रेष्ठले भनेका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ