काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीको शीर्ष संयन्त्र सचिवालयको बैठक बस्न माग गरेका छन्।
उनले आवश्यकताअनुसार अहिले लक डाउनककै अवधिमा पनि मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको हुँदा पार्टी सचिवालय बैठक पनि बस्न सक्ने बताएका छन्।
नेकपाका शीर्ष ९ जना नेता रहेको सचिवालय बैठक केहि समययता नबसिरहेका बेला, श्रेष्ठले सो बैठक गर्न आवश्यक भएको भनी सार्वजनिक रुपमैं आवाज उठाएका हुन्।
‘हो,मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु।दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेकोछु। आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ,’ उनले ट्विटरमा लेखेका छन्। ‘आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ।त्यसैले शिघ्र बैठक बस्ने बिश्वास छ,बस्नै पर्छ।’
हो,मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु।दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेकोछु।
आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ।आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ।त्यसैले शिघ्र बैठक बस्ने बिश्वास छ,बस्नै पर्छ।— NKShresthaPrakash (@nksthaprakash) April 4, 2020
यसअघि सचिवालय बैठक चैत गते बसेकाे थियाे।
प्रतिक्रिया